रियालटी शो ‘सिङ्गर’ मा विजेतालाई २५ लाख र कार उपहारको घोषणा | Jana Aawaj News

रियालटी शो ‘सिङ्गर’ मा विजेतालाई २५ लाख र कार उपहारको घोषणा

पढ्न लाग्ने समयः < 1 मिनेट
रियालटी शो ‘सिङ्गर’ मा विजेतालाई २५ लाख र कार उपहारको घोषणा : Jana Aawaj News

काठमाडौं । नेपालमा पछिल्लो समय रियालिटी शोको बाढी आएसँगैं ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको आयोजक टिमले जानकारी गराएको छ ।

हाल फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक पक्षले जानकारी गराएको छ । ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता सिङ्गरमा विजेता हुनेले नगद रु. २५ लाख सहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने आयोजकले बताएका छन् ।

यस्तै नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छन ्भने, आगामी बैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जानकारी गराएका छन् ।

+ posts