एकीकृत समाजवादीको बैठक आज सकिँदै | Jana Aawaj News

एकीकृत समाजवादीको बैठक आज सकिँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
एकीकृत समाजवादीको बैठक आज सकिँदै : Jana Aawaj News

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विधान संशोधनका लागि आइतबार सुरु भएको केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । उक्त बैठकमा विधान संशोधन मस्यौदामाथि सोमबार १० जना टोली नेताले धारणा राखेपछि निष्कर्ष सुनाएर बैठक सम्पन्न हुने बताइएको छ ।

आज विधान संशोधनका लागि ११ बजे बैठक बस्ने भएको हो । बैठकमा १० वटा टोली नेताले आफ्नो धारणा लिखित रुपमा दिइने छ । टोली नेताले राखेका प्रस्तुति समेतलाई समेटेर निष्कर्ष निकाली बैठक सम्पन्न गरिने भएको छ ।

उक्त बैठकमा १ हजार बढी प्रतिनिधि सहभागी हुने छन् भने, प्रस्तुत गरिएको विधान मस्यौदामा संशोधनका लागि विकल्प सहितका प्रस्ताव पेश गरिएको छ । यस्तै केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीको सख्याका बारेमा समेत विधानले व्यवस्था गर्ने भएको छ । कमिटीहरूको अहिलेको व्यवस्था अनुसार धेरै सख्याको कमिटी घटाई सानो आकारको कमिटि बनाउने पार्टीले बताएको छ ।
बैठकमा महाधिवेशनका प्रतिनिधिहरू तलैबाट निर्वाचित गराउने कि मनोनीत गर्ने भन्ने विषयमा समेत विधानले व्यवस्था गर्ने भएको छ ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न