
भक्तपुर । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १९ औं कलेजो प्रत्यारोपण गरिएको छ । यही २०८० माघ २१ गते आइतवार मोरङ्ग, विराटनगरका ६१ वर्षिया श्रीमानलाई उनकी ५१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् । नेपालमा सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने यस केन्द्रले स्थापनाको ११ वर्ष अवधिमा १ हजार २ सय ३ जनाको सफल मृर्गौला प्रत्यारोपण त्यो पनि ९९५ सफलताका साथ सम्पन्न गरेको छ ।
नेपालमा प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठकै नेतृत्वमा पहिलो कलेजो प्रत्यारोपण भएको हो । डा.पुकारले एक दशक अघि देखि नै मुलुकमा कलेजो प्रत्यारोपणको पूर्वाधार, जनशक्ति विकास, कानुन निर्माण गर्नमा अहभ भूमिका निर्वाह गर्नु भएको छ । डा। श्रेष्ठको नेतृत्वमा यस वर्ष मात्रै १० जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । संसारकै सबैभन्दा न्यूनतम शुल्क १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण गरी रहेको केन्द्रले जनाएको छ जसले केन्द्रमा आएर उपचार गराउने बिरामीहरूको संख्या दिनानु दिन बढ्दै गएको छ ।

केन्द्रले पछिल्लो केही कलेजो प्रत्यारोपणमा एक जना भारतीय विशेषज्ञको उपस्थित रहे पनि उनको भूमिका अकस्मात् देखिन सक्ने जटिलता नियन्त्रण गरी विज्ञहरूलाई थप हौसला प्रदान गर्नु बाहेक खाँसै नरहेको समेत बताइएको छ । आफ्नो नाममा एक इन्च पनि कुनै जग्गा र भवन नभए पनि यस केन्द्रले नेपालको प्रत्यारोपणको ७० देखि ८० प्रतिशत हिस्सा ओगटेको छ ।
केन्द्र मा भएको पछिल्लो कलेजो प्रत्यारोपण सँगै देश भरीमा ४ वटा केन्द्र मार्फत हाल सम्म ३९ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ । केन्द्रमा मुलुकमै पहिलो पटक डा.पुकार कै नेतृत्वमा मस्तिष्क मृत्यु भएको दाता वाट प्राप्त कलेजो लाई अन्य व्यक्ति मा प्रत्यारोपण गरिएको थियो भने हाल सम्म मस्तिष्क मृत्यु भएका दाता वाट प्राप्त कलेजो तिन जनामा प्रत्यारोपण गरि सकिएको छ ।
केन्द्रले देशको सात वटै प्रदेशमा मृर्गौला प्रत्यारोपण तथा डाइलाइसि सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य भै रहेको छ भने प्रत्यारोपण फेलोसिप कार्यक्रम सञ्चालन गर्नको लागि अन्तिम तयारी पुरा भएको अस्पतालले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344621












