
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको कूल १२१२ मृर्गौला प्रत्यारोपणमा अंगदाता महिला ८७३ (७२) प्रतिशत हुँदा पूरुष ३३९ (२८) प्रतिशत र ग्रहणकर्तमा महिला २४६ (२१) प्रतिशत हुँदा पूरुष ९५६ (७९) प्रतिशत भए बाट नै महिला र पुरुष बीच भेदभावको अवस्था चरम रहेको कुरा प्रष्ट हुन्छ । आजको २१ औ शताब्दी मौखिक रुपमा महिला र पुरुष समान भन्ने गरिन्छ तर महिला माथी हुने भेदभावमा खासै कमी आएको देखिदैन । यसै शिलशिलामा कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई ज्वाँईले आफ्नो कलेजो दान गरी एक उदाहारणीय काम गरेका छन । २२ जनाको कलेजो प्रत्यारोपण हुँदा २ जना मात्र महिला पर्नुले यस कुरालाई प्रष्ट पार्छ ।
२०८०।११।२१ गते सोमबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको २२ औँ कलेजो प्रत्यारोपणमा ६५ वर्षीया सासु लक्ष्मी देवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका थिए ।

प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारको टोली केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रत्यारोपण भएको थियो । डा. श्रेष्ठका अनुसार अंग लिने सासू र अंग दिने ज्वाँई दुबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हाम्रो समाजमा उदाहरणीय काम भएको भन्दै उहाँले ज्वाईले सासुलाई कलेजो दान गर्नु समाजकै लागि नमूना भएको कुरा समेत उल्लेख गर्नुभयो । केन्द्रले हाल सम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो । प्रत्यारोपण केन्द्र मस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने र नेपालमा सबै भन्दा धेरै मृर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने केन्द्र हो भने केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ नेपालमै सबै भन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन ।
डा. श्रेष्ठले ११ वर्षे अवधीमा देशमै सबैभन्दा धेरै अर्थात १ हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएका छन् । संसारकै सबै भन्दा सस्तो दरमा सबैभन्दा जटिल मानिएको कलेजो प्रत्यारोपण केन्द्रमा अहिले निरन्तर रुपमा भई रहेको छ । यस बर्ष मात्रै १४ जनाको तथा २०० जनाको मृर्गौला प्रत्यारोपण भएको छ ।
केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र विगत केही समय देखि कलेजो प्रत्यारोपणमा भारतीय चिकित्सकको प्राविधिक सहयोग न्यून रहेको कुरा प्रत्यारोपण विज्ञ डा. श्रेष्ठले बताउनुभयो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला तथा कलेजो प्रत्यारोपण मात्र नभई अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सहयोग पुर्याउनुका साथै सातै प्रदेशका सरकारी स्वास्थ संस्थामा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । केन्द्रको प्राविधिक सहयोगमा गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सुदुर पश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठा हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै मधेश प्रदेशको वीरञ्जमा समेत देशको सातै प्रदेशमा प्रत्यारोपण गर्ने कार्यको तयारी गरी रहेको छ ।
केन्द्रको आफ्नो भवन नहुँदा अंग फेल भएका धेरै विरामीहरुलाई प्रत्यारोपण सेवाको पहुँच दिन नसकिएको हुँदा नेपाल सरकारले आ.व.२०८०/८१ को बजेट बक्तब्यमा केन्द्रको क्षमता विस्तार गर्नका साथै मृर्गौला प्रत्यारोपण सेवा सबै संघीय अस्पतालबाट व्यवस्था गर्ने घोषणा गरेको हुँदा केन्द्रले आगामी वर्ष आफ्नो सेवामा व्यापक बृद्धि गर्ने आशा राखेको छ ।
दक्ष जनशक्ति उत्पादन गरी डाइलाइसिस तथा प्रत्यारोपण सेवा देशै भरी विस्तार गर्नको लागि केन्द्रले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको पाठ्कक्रम अनुसार नियमित हेमोडाइलाइसिस तालिम सञ्चान गरी रहेको छ भने प्रत्यारोपणको विशेषज्ञ उत्पादनको लागि प्रत्यारोपण शल्य चिकित्सा र प्रत्यारोपण नेफ्रोलोजि फेलोसिप कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक पहल गरी रहेको कुरा केन्द्रका कार्यकारी निर्देशकले जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 357257












