कोन्ज्योमले सार्वजनिक गर्यो कानुनी संग्रह | Jana Aawaj News

कोन्ज्योमले सार्वजनिक गर्यो कानुनी संग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
कोन्ज्योमले सार्वजनिक गर्यो कानुनी संग्रह : Jana Aawaj News

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले हालसम्म निर्माण गरेको कानुनलाई एकीकृत गरी कानुनी संग्रह प्रकाशन गरी सार्वजनिक गरेको छ ।

गाउँपालिकाले स्थानीय तहको निर्वाचन भएदेखि हासम्म निर्माण भएका ऐन ,नियम ,कार्यविधि, नियमावली, मापदण्ड लगायतका कानुन संग्रह निर्माण गरी सार्वजनिक गरेको हो।

गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले संयुक्त रुपमा कानुनी संग्रहको बिमोचन गर्नुभएको हो । चैत ७ गते गाउँपालिकामा एक कार्यक्रम गरी उहाँहरुले उक्त कानुनी संग्रहको बिमोचिन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।
कानुनी संग्रहको बिमोचन कार्यक्रममा गाउँपालिका वडा नं.१,चौघरेका वडाध्यक्ष सन्तलाल लामा , वडा नं.४,नल्लुका वडाध्यक्ष तिर्थबहादुर घलान ,वडा नं.५ ,भारदेउका वडाध्यक्ष विजयकुमार लामा लगायत कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि संघीय र प्रदेश कानुनसँग नबाझिने गरी आवश्यक कानुन गाउँ सभाले निर्माण गर्न सक्ने अधिकार प्रदान गरेको छ । उक्त अधिकारलाई प्रयोग गरी गाउँपालिकाले निर्माण गरेको कानुनी संग्रहलाई बिमोचन गरेको हो । उक्त कानुनी संग्रहबाट गाउँपालिकाले निर्माण गरेको कानुनको बारेमा सहज जानकारी प्राप्त गर्न सकिने भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न