प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्धारा बक्र ईदको शुभकामना | Jana Aawaj News

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्धारा बक्र ईदको शुभकामना

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्धारा बक्र ईदको शुभकामना : Jana Aawaj News

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व बक्र ईद (उल–अजहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बक्र ईद (उल–अजहा) लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका छन्। हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ । मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।

यस सन्दर्भमा, नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन यस पर्वको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास लिएको छु ।
अन्त्यमा, यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वासका साथ पुनः एकपटक शुभकामना व्यक्त गर्दछु।
मिति ३ असार, २०८१
नेपाल संवत ११४४ तछला थ्व, एकादशी
पुष्पकमल दाहाल प्रचण्ड

+ posts