भक्तपुरका किरण थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी | Jana Aawaj News

भक्तपुरका किरण थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरका किरण थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी : Jana Aawaj News

भक्तपुर । भक्तपुर क्षेत्र नं २ ‘क’ प्रदेश सभा सदस्य माननीय किरण थापा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ ।

एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापालाई नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको छ ।

यसैगरी वागमति प्रदेश सरकारले आजै मन्त्रीमण्डल बिस्तार गर्ने भएको छ । जसमा एमालेबाट किरण थापा सहित काठमाडौंका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंक्षी मन्त्रालय, काठमाडौंकै अमन कुमार मास्केलाई भौतिक पूर्वाधार मन्त्रालय, ललितपुरका प्रेम भक्त महर्जनलाई श्रम तथा रोजगार यातायात मन्त्रालय, सिन्धुलीका सुकमाया तामाङलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र चितवनका कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको बताइएको छ । यसका लागि एमालेले मन्त्रीमा सिफारिस गरेको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न