एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सबै सफल | Jana Aawaj News

एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सबै सफल

पढ्न लाग्ने समयः < 1 मिनेट
एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सबै सफल : Jana Aawaj News

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १०० प्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल घर गएका अस्पतालले जानकारी गराएको छ ।

कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको

उपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलिले कलेजो प्रत्यारोपण गर्ने गरेको छ । विरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त संख्यामा नियमित नभए सम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने कुरा डा. श्रेष्ठले बताउनुभयो ।

केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको कुरा समेत डा. श्रेष्ठले जानकारी गराउनुभयो । केन्द्रमा ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको छ ।

सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरेको यस केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोली बाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो ।
केन्द्रले हाल सम्म गरेको २६ जनाको कलेजो प्रत्यारोपण मध्ये २४ जना ग्रहणकर्ता पुरुष र २ जना मात्र महिला छन् भने, १८ जना कलेजो दाता महिला र ८ जना दाता पुरुष रहेको कुरा केन्द्रले जनाएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले न्युनतम शुल्क रु. १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण गर्दै आएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न