आँबुखैरेनीमा भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस दुर्घटना | Jana Aawaj News

आँबुखैरेनीमा भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस दुर्घटना

१४ जनाको मृत्यु, १६ जना घाइतेलाई उद्धार

पढ्न लाग्ने समयः < 1 मिनेट
आँबुखैरेनीमा भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस दुर्घटना : Jana Aawaj News
photo : bipal b.k fb

भक्तपुर । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस दुर्घटना भएको छ । दुर्घटनामा परेको केशरवानी परिवहन ट्राभलल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताइएको छ ।

आज पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं लयाउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ, भने अझै पनि उद्धार कार्य चलिरहेको बताइएको छ । प्रहरीका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । बसमा अन्दाजी ४० जना यात्रु रहेका बताइएको छ । जसअनुसार अझै १० जना बेपत्ता यात्रुहरुको खोजी कार्य भइरहेको छ ।

 

+ posts