म आफूू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न : प्रम ओलि | Jana Aawaj News

म आफूू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न : प्रम ओलि

पढ्न लाग्ने समयः < 1 मिनेट
म आफूू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न : प्रम ओलि : Jana Aawaj News

भक्तपुर । आज शनिबार निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘ननकरप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ।

कार्यक्रममा उहाँले निजामती कर्मचारीका कारण नेपाल करप्ट मुलुकमको रुपमा गठिएको बताउदै भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारेसरह हुने भएकाले त्यस्तो दुुष्कर्ममा सम्लग्न नहुन समेत आग्रह गर्नुभयो ।

ओलिले भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनुुस् । म चुनौती दिएर भन्छु- म आफूू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न। नेपाललाई हरेक हिषाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’ राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटाल नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गदै हालको सरकार मुलुकमा परिवर्तनका लागि नेतृत्व लिएका पार्टीहरुको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास समेत दिलाउनुभयो । अधिकार छ भन्दैमा दुुई-चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्ने जस्ता काम उचित नभएको बताउदै अहिले नियोजित र प्रयोजितरुपमा अराजकता सृजना गर्ने र सरकारविरुद्ध हल्ला चलाएको बताउनुभयो ।

कार्यक्रममा ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरेता पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै आ-आफ्नो क्षे त्रबाट लाग्नुपर्ने बताउनुभयो ।

+ posts

 

 

ताजा
1 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
2 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
3 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
4 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न