वृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न | Jana Aawaj News

वृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
वृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. २, दुवाकोटमा आज बिहान ७ देखि ९ बजेसम्म वडा कार्यालयले आयोजना गरेको ७५औँ हप्ताको वृहत सरसफाई तथा जनचेतना कार्यक्रम, ASEZ र ASEZ WAO को सहकार्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वडा न. २ का स्थानीय बासिन्दा, संघ संस्थाका सदस्यहरु लगाएत ASEZ र ASEZ WAO का स्वयंसेवक सदस्यहरु गरी करिब ५० जना भन्दा बढीको सहभागिता रहेको थियो।

वातावरणीय स्वच्छता र जनचेतना फैलाउने मुख्य उद्देश्य रहेको कार्यक्रममा UN SDGs लाई समर्थन र कार्यन्वयन गरिरहेको ASEZ WAO मा आबद्ध एक सदश्यले ‘हाते रुमालको प्रयोगको शक्ति’ बारे जानकारी दिएका थिए। वर्तमान युगमा अत्याधिक प्रयोगमा आउने पेपर टावलको सट्टा हाते रुमालको प्रयोगले कार्बन उत्सर्जनमा महत्वपूर्ण कमी ल्याउन सक्ने र एकजना व्यक्तिले हाते रुमालको प्रयोग गरेमा एक वर्षमा ३.५ ओटा ३० वर्ष उमेर भएको सल्लाका रुखहरु रोपे सरह वातावरणमा कार्वन न्यूनीकारण गर्न प्रभाव पर्ने उल्लेख गर्दै प्रतिदिन ८ ओटा पेपर टावल प्रयोग दरलाई हाते रुमालले प्रतिस्थापन गर्दा वार्षिक ३० किलोग्राम CO2 उत्सर्जन रोक्न सक्ने तथ्यांक प्रस्तुत गरेका थिए। ASEZ WAO ले विश्वव्यापी रुपमा गरिरहेको ‘हाते रुमालको प्रयोग च्यालेन्ज’मा सहभागी हुन कार्यक्रममा उपस्थित सबैलाई अनुरोध गरिएको थियो ।

कार्यक्रमको नारा “सफा सुग्घर घर आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाई उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने रहेको थियो र कार्यक्रममा १ ट्रक फोहोर संकलन भएको थियो।

कार्यक्रमको प्रमुख आयोजक चाँगुनारायण नगरपालिका वडा न. २ का वडाध्यक्ष श्री सोम प्रसाद प्रधानज्यूले कार्यक्रमको सफलताका लागि सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी हप्ताहरुमा पनि वडालाई सफा स्वच्छ बनाउन जारि अभियानमा सबैलाई सहकार्य गर्न अनुरोध गर्नुभएको थियो।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न