शुक्रबार र शनिबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै | Jana Aawaj News

शुक्रबार र शनिबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
शुक्रबार र शनिबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै : Jana Aawaj News

भक्तपुर । आज र भोलि देशभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइने मन्त्रालयले जनाएको छ ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम कम गर्न बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै आएको छ । १ वर्षमा दुई पटक हुने यस कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने भएका छन् ।

भिटामिन ‘ए’ कार्यक्रममा महिला स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् । छ महिनादेखि पाँच वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु भएको हो ।

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न