मुम्बईमाथि कोलकताको सानदार जित | Jana Aawaj News

मुम्बईमाथि कोलकताको सानदार जित

पढ्न लाग्ने समयः < 1 मिनेट
मुम्बईमाथि कोलकताको सानदार जित : Jana Aawaj News

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा कोलकता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराएकोे छ ।
बिहिबार रातिको खेलमा कोलकताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पूरा गरेको थियो । कोलकता नाइट राइडर्सका राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको उत्कृष्ट इनिङ खेलका थिए ।
यस्तै मुम्बइले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाउनको सफल भएको थियो ।

कोलकताको यो जितले प्लेअफ पुग्ने सम्भावना जिवित राख्दै तालिकाको चौथो स्थानमा पुग्न सफल भएको छ यता मुम्बई भने छैटौं स्थानमा ओर्लिएको छ ।

 

+ posts