फोनिज भक्तपुरको अध्यक्षमा कोजु | Jana Aawaj News

फोनिज भक्तपुरको अध्यक्षमा कोजु

पढ्न लाग्ने समयः < 1 मिनेट
फोनिज भक्तपुरको अध्यक्षमा कोजु : Jana Aawaj News

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् ।

शनिबार भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा राम गोपाल तमखु, सचिवमा दिपक श्रेष्ठ, सह-सचिवमा निशा कुस्मा र कोषाध्यक्षमा किरण सुवाल सर्वसम्मत चयन भएका छन् । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी सदस्यहरुमा क्रमशः विपना मुसिख्वाल, संगम लामा, जेपी श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिस वाडे रहेका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायण सुन्दर किलम्बु, मोहन बल्ल र रेनु त्वायनाबासुलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा सुन्दर सिल्पकार, रामचन्द प्रजापति, कृष्ण प्रजापति र नविना खर्बुजालाई चयन गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न