नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पुन बस्दै | Jana Aawaj News

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पुन बस्दै

आजै विधान महाविधेशनको प्रस्ताव पारित गर्ने तयारी

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पुन बस्दै : Jana Aawaj News

काठमाण्डौ । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्ने भएको छ ।
आज बस्न लागेको बैठकमा विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी रहेको बताइएको छ । यसैगरी आजको बैठकमा राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावहरु माथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने सचिवालयले जानकारी गराएको छ ।

शुक्रवारदेखि सुरु भएको सो बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ ।
हिजो बसेको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो धारणा व्यक्त गर्दै सुझाव प्रस्तुत गरेका थिए ।
हिजो बसेको बैठकमा एमालेका प्रचार विभाग प्रमुख तथा टोली नेता योगेश भट्टराईले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र रहन सक्ने र ७० वर्षको उमेरहदको व्यवस्था कार्यान्वयन गरिनुका साथै युवापुस्ताको प्रतिनिधित्व बढाउनुपर्नेलगायतका सुझाव आएको बताउनुभयो ।
हिजो पार्टी अध्यक्षमा पुन ओली दोहोरिँदा नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतलाई व्यवस्थापन गर्दै उपाध्यक्ष थप्नुपर्ने उनीहरूको सुझाब रहेको थियो ।
शनिबारको बैठकमा पार्टी एकतादेखि विभाजनसम्मको समीक्षा गर्नुपर्ने माग उठेको थियो । साथै सुझाव दिने क्रम सकिएपछि बैठक आज पुन बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । एमालेको विधान महाधिवेशन भने, आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुने भएको छ ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न