चाँगुनारायण नपा वडा नं.२ को आयोजना ASEZ WAO र ASEZ को सहयोगमा सरसफाइ सम्पन्न | Jana Aawaj News

चाँगुनारायण नपा वडा नं.२ को आयोजना ASEZ WAO र ASEZ को सहयोगमा सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 5 मिनेट
चाँगुनारायण नपा वडा  नं.२ को आयोजना ASEZ WAO र ASEZ को सहयोगमा सरसफाइ सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं.२ मा ९६ औँ सडक सरसफाई अभियान सम्पन्न भएको छ ।
उक्त कार्यक्रम वडा नं. २ को आयोजान र  ASEZ WAO द्वारा बृहत रुपमा हाते रूमाल प्रयोग गरौ भन्ने जनचेतना मुलक कार्यक्रम भएको थियो ।

कार्यक्रममा ASEZ WAO को परिचय दिइएको थियो । साथै ASEZ WAO स्थापना हुनुको कारण पनि बताइएको थियो ।

हामी मानिस बाँच्न सक्ने एक मात्र ग्रह यो पृथ्वी, हाम्रो घर हो । अहिलेसम्म हामी यो पृथ्वीमा खुशीसाथ जिउदै आएका छौं तर हाम्रो खुशी, हाम्रो पृथ्वी जोखिममा परेको छ, खतरामा परेको छ । त्यसोभए हाम्रो पृथ्वी के कारणले खतरामा छ त ? हाम्रो कारणले गर्दा पृथ्वी खतरामा छ भनि विश्वास गर्न सक्नुहुन्छ? तर दुर्भाग्यवस यो कुरा सत्य हो, र हामी मानिस आफैँ पृथ्वीको निम्ति खतरा बनेका छौं ।

जलवायु परिवर्तनः UN को तथ्याङ्क अनुसार C02 को उत्सर्जन सन् १९९० यता ५०% ले बढेको छ ।
प्लाष्टिक प्रदूषणः विश्व आर्थिक फोरमको रिपोर्टमा सन् २०५० सम्म समुद्रमा माछा भन्दा प्लाष्टिक धेरै हुने अनुमान गरिएको छ ।
जैविक विविधतामा क्षतिः UN को तथ्यङ्क अनुसार विगत ४० वर्षमा ६०% प्राणीहरू लोप भइसकेका छन् र पृथ्वीको एक तिहाइ भूभाग मरुभूमिमा परिणत भएको छ ।

मानिसहरूको कारण वातावरण प्रदूषण भएर पृथ्वीमा बाँच्न नसकिने अवस्थाहरू सृजना भइरहेको छ । हामीले कुनै वस्तु उत्पादन गर्ने क्रममा पनि प्रदूषण गरिरहेका छौं, त्यो उत्पादन भएको वस्तु प्रयोग गर्ने क्रममा पनि प्रदूषण गरिरहेका छौं, र त्यो वस्तु काम नलाग्ने भएर फोहोरमा फाल्दा पनि हामीले प्रदूषण गरिरहेका हुन्छौं । यी सबै हामी मानिसको कारण भएकोले हामीमा परिवर्तन आयो भने मात्र सबै कुरा ठिक हुनेछ र पृथ्वीलाई बचाउन सक्नेछौं ।


हामीमा परिवर्तन आउन पहिला हाम्रो सोच परिवर्तन हुनुपर्छ । हाम्रो सोच परिवर्तन भयो भने हाम्रो कार्य परिवर्तन हुनेछ, र जब हाम्रो कार्य परिवर्तन हुन्छ तब यो संसारमा पनि अवश्य नै परिवर्तन आउनेछ ।
हाम्रो सोचाइ देखि सुरु गरेर हाम्रो कार्य पनि परिवर्तन गरौं र हामी बाँच्न सक्ने एक मात्र ग्रह यो पृथ्वी बचाऔं र हामी आफैँ पनि बाचौं भन्ने उद्देश्यका साथ ASEZ WAO स्थापना भएको हो ।
ASEZ WAO चाहिँ परमेश्वरको मण्डलीका जागिरे युवाहरूद्वारा गठन गरिएको अन्तराष्ट्रिय स्वयंसेवक समुह हो । ASEZ WAO ले विश्वको १७५ वटा देशमा ७,५०० ठाउँहरूमा कार्य गरिरहेको छ । ASEZ WAO को अर्थ के हो त? ASEZ भनेको Save the Earth from A to Z हो अर्थात सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं । अनि WAO भनेको We Are One Family अर्थात हामी एउटै परिवार हौं । त्यसैले ASEZ WAO भनेको हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं भन्ने अर्थ हो । यही नाराका साथ विगत लामो समयदेखि ASEZ WAO ले वातावरण संरक्षणको निम्ति निस्वार्थ रूपमा कार्य गर्दै आएको छ । ASEZ WAO ले विभिन्न संस्था, स्थानीय निकाय र राष्ट्रप्रमुखहरूबाट ९३ वटा पुरस्कार प्राप्त गरेको छ । ती मध्ये अन्तराष्ट्रिय पर्यावरण अवार्ड, ग्रीन एप्पल अवार्ड ४ पटक, ग्रीन वर्ल्ड अवार्ड ३ पटक पाएको छ । अमेरिकी राष्ट्रपति स्वयंसेवा पुरस्कार पनि ३ पटक पाएको छ ।

यसैगरी  ASEZ WAO को गतिविधिको बारेमा जानकारी गराइएको थियो ।

ASEZ WAO ले सञ्चालन गरिरहेको प्रमुख अभियानहरू ८ वटा रहेका छन् :
आज विशेष गरी अभियान challenge of using a handkerchief हो ।
के तपाईँले कहिल्यै रुमाल प्रयोग गरेर रुख रोप्नुभएको छ ?
सुन्दा अनौठो लाग्न सक्छ
अहिले वर्तमान समयमा मानिसहरूले दैनिक जीवनमापेपर टावल , ट्वाइलेट पेपर , टिसु पेपर , न्याकपिन पेपर प्रयोग गर्ने गर्छन्।
एक टन पेपर टावल टिसु पेपर न्याकपिन पेपर प्रयोग गर्नु भनेको १७ वटा सल्लाको रुख विनाश गर्नु हो। बराबर हो ।
एकजनाले एक वर्षमा प्रयोग गर्ने पेपर टावल ट्वाइलेट पेपर टिसु पेपर न्याकपिन पेपरको औसत मात्र कति होला ? आठ टुक्रा पेपर टावर टिसु पेपर ट्वाइलेट पेपर न्याकपिन पेपर प्रयोग गर्नु भनेको ३० किलो कार्बनलाई अक्साइड उत्सर्जन गर्नु हो । ३० किलो कार्बनडाइअक्साइड उत्सर्जन गर्नु हो त्यो भनेको साढे तीनवटा सल्लाहको रूख विनाश गर्नु बराबर हो ।त्यसो गर्दा जलवायु परिवर्तन हुन्छ जलवायु परिवर्तन हुनु भनेको नै पृथ्वीको विनाश गर्नु पृथ्वीको विनाश गर्नु भनेको नै हामी आफूले आफैमाथि विपत्ति ल्याउनु हो। तर पेपर टावर ट्वाइलेट पेपर टिसु पेपर न्याक्पिन पेपर को सट्टामा रुमाल प्रयोग गर्यौ भने के हुन्छ होला होला ?एक वर्षमा ३० किलो कार्बनलाई अक्साइड घट्दछअनि एक व्यक्ति बराबर ३० वर्ष पुरानो सल्लाको रुख रोपे बराबर हुन्छ ।

कसरी रुमाल प्रयोग गर्ने च्यालेन्जमा सहभागी हुने त ?विद्यार्थीहरूले विद्यालय आउँदा हाते रुमाल लिएर आउने र हाते रुमाल नै प्रयोग गर्ने ।
होटलमा रेस्टुरेन्टमा खाजा खाना खान खाँदा जाँदा पनि हाते रुमाल प्रयोग गर्ने शिक्षकहरुले पनि विद्यालय आउँदा हाते रुमाल प्रयोग गरेर उदाहरण देखाउने अनि हाती रुमाल प्रयोग गर्ने बारेमा अरुलाई जानकारी गराउने ।र ASEZWAO.org मा गएर हस्ताक्षर गर्ने त्यसैले हाते रुमाल प्रयोग गरौं एक व्यक्ति बराबर ३० किलो कार्बनलाई अक्साइड घटाउँ एक व्यक्ति बराबर ३० वर्ष पुरानो सल्लाहको रुख साढे तीनवटा रोपौँ ।
UNSDGs को १३ न. अन्तर्गत पर्ने Climate Action बुदाँ भित्र रहेर सरसफाई र कार्बन न्यूनीकरणक सचेतनाको निम्ति सरसफाई गरिएको हो ।

ASEZ ले वरिपरी जनचेतना फैलाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रममा विद्यार्थीहरू कुल ३० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रममा करिब १५ बोरा प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।

निरन्तर गरिदै आएको यो विश्वव्यापी वातावरण सरसफाई अभियान संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त ASEZ गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग थियो । परमेश्वरकोमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन ASEZ ले संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको छ ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो । यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैधानिक मण्डली हो । परमेश्वरको मण्डली बाइबलमा उल्लेखित दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली हो ।

उक्त कार्यक्रममा वागमती प्रदेश सांसद सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोम प्रसाद प्रधान, चाँगुनारायण नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष शिवहरी केसी, फोहोर मैला व्यवस्थापनका अभियन्ता नवराज काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 सेवामा अवरोध नगर्न आग्रह
2 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
3 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
4 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न