परमेश्वरको मण्डलीद्वारा जावलाखेल सडक सरसफाइ | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा जावलाखेल सडक सरसफाइ

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्वारा जावलाखेल सडक सरसफाइ : Jana Aawaj News

नारायण थापा
जन आवाज न्युज/ललितपुर । मानव-जातिको खुशीको निम्ति पृथ्वीको वातावरण स्वच्छ बनाउँन परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६६१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष खड्काले परमेश्वरको मण्डलीले यो ठाउँमा प्रत्यक्ष रुपमा गरेको सरसफाइ अभियान निकै नै प्रभावकारी भएको बताउनुभयो । यो ठाउँमा अरु पनि मण्डली  र संघसंस्थाहरु भएता पनि प्रत्येक्ष रुपमा अनवरत रुपमा लामो समयदेखी निरन्तर निस्वार्थ सेवा भावद्वारा सरसफाइ गर्ने परमेश्वरको मण्डलीलाई धन्यवाद दिनुभयो । वडाले आगामी दिनहरुमा परमेश्वरको मण्डलीसंग सहकार्य गरि सरसफाइ कार्यक्रम गर्ने बताउनुभयो । धर्मप्रतिको आस्था फरकफरक भएपनी हामी सबै समान हौ त्यसैले हामी सबै मिलेमा मात्र वातावरण स्वच्छ र सफा राख्न सकिने भएकोले हातेमालो गर्दै अघि बढ्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिषर ललितपुरका इन्स्पेक्टर विरेन्द्र बहादुर बोहोराले परमेश्वरको मण्डलीले आयोजना गरेको उत्साह जनक सरसफाइ अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

आजको सरसफाइ अभियानले समाजमा असल सन्देश दिएको बताउदै आफ्नो ठाउँना आफैले सफा राख्नुपर्छ भन्ने सन्देश आजको यस कार्यक्रमले दिएको बताउनुभयो ।

परमेश्वरको मण्डलीका एक जना अधिकारीले भने, “परमेश्वरले मानव-जातिको खुशीको निम्ति सृष्टि गर्नुभएको सुन्दर पृथ्वीको वातावरणलाई सफा राखेर दिगो आश्रय बनाउने प्रयासमा सन्तहरू एकै मनका भएर सामेल भएका छन् । यो कार्यमा धेरैले हामीलाई साथ दिनुहुनेछ भन्ने आशा गर्दछौं ।”

सरसफाइ जावलाखेल वरिपरि २ किलोमिटर क्षेत्रसम्म जारी गरिएको थियो । परमेश्वरको मण्डलीका विश्वासीहरू, परिवारका सदस्यहरू र छिमेकीहरूसहित करीब १७० जनाले बिहान ७:०० बजेदेखि सरसफाइ सुरु गरेर लगभग १ घण्टा ३० मिनेटसम्म प्लास्टिकको फोहोर, एकल प्रयोग सामग्रीहरू, क्यानहरू, सिसाका बोतलहरू जस्ता विभिन्न प्रकारका फोहोरहरू संकलन गरिएको थियो ।
देशभरिका सहरको वातावरण सफा बनाउँदै आएको परमेश्वरको मण्डलीले बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।

यो अभियानचाहिँ परमेश्वरको मण्डलीले सञ्चालन गर्ने
‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्ज ‘संकटग्रस्त विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू [SDGs] अनुरूप जारी हुन्छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी तथा भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा विधामा आयोजना गरिन्छ
१७५ वटा देशका ७,८०० ठाउँहरूमा ३७ लाख सदस्यहरू आबद्ध परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिकबसहयोग जस्ता ३०,००० वटा स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ । यसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढीबअवार्डहरू प्राप्त गरिसकेको छ । गत जनवरी महिनामा पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्ड प्रदान गरेका थिए ।

नेपालमा पनि वातावरण संरक्षण मात्र नभएर रक्तदान अभियान, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण र विद्यालयमा पाठ्यसामग्री सहयोग जस्ता अनवरत मानव कल्याण गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट मण्डलीले
प्रशंसा-पत्र, कदर-पत्र इत्यादि प्राप्त गरेको छ ।

मण्डलीले गत महिना संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस (फेब्रुअरी २०) को सम्झनामा “‘Hold Hope! अभियान गर्दै काठमाडौंको टोखा नगरपालिकालाई १६ घरपरिवारका लागि खाद्यान्न सामग्री अनुदान गऱ्यो । यो अभियानको उद्देश्य विश्वभरका सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू अनुदान गर्नु हो, जसले गर्दा प्रत्येक देशका आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई गरिबी निवारण गर्न र सामुदायिक मूल्यमान्यताहरू जगाउन मद्दत मिल्नेछ । यो अभियान भारत, युक्रेन, भेनेजुएला, इथियोपिया, हाइटी र म्यानमार लगायत लगभग ३० देशहरूमा आयोजना गरिएको थियो ।

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न