भक्तपुरको राधेराधेमा लगाइने ज्ञान विज्ञान महायज्ञको तयारी पूरा | Jana Aawaj News

भक्तपुरको राधेराधेमा लगाइने ज्ञान विज्ञान महायज्ञको तयारी पूरा

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरको राधेराधेमा लगाइने ज्ञान विज्ञान महायज्ञको तयारी पूरा : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको मध्यपुरथिमि राधेरोधमा लगाइने श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ को तयारी पूरा भएको छ ।
महायज्ञ मूल समारोह समितिका संयोजक गोपीकृष्ण न्यौपानेका अनुसार महायज्ञ आयोजना २०८१ चैत्र २१ देखि चैत्र २७ गतेसम्म संचालन हुनेछ । महायज्ञ स्थल मध्यपुर थिमीको वडा नं ५, राधेराधे यातायात कार्यालयसंगै रहेको छ ।

मानव कल्याण समाजकी संस्थापक अध्यक्ष तथा कथा वाचिका देवी सुमी मानवले श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा कथा वाचन गर्नेछिन् । मूल समारोह समितिका संयोजक न्यौपानेले भन,े हामीले केही प्रमुख उद्देश्य राखेर महायज्ञ लगाउदैं छौ्र ।
बेवारिसे मानवहरूको उद्धार पुनस्थापना, उनीहरुको स्वास्थ्य उपचार, काउन्सिलिङ तथा पुनर्मिलनको प्रक्रिया र स्थायी रूपमा जग्गा खरिद तथा भवन निर्माण गरी उनीहरुको दिगो व्यवस्थापन नै मुख्य उद्देश्य रहको न्यौपानेले जानकारी दिए ।

मानव कल्याण समाज वि सं २०७४ सालबाट सेवा सरु गरेको मानव कल्याण समाजले २०७५ वैशाखमा दर्ता भएको संचालन भएको संस्था हो । यसको मुख्य काम नै वेसाहारा मानिसलाई छाना, नाना र खानाको उचित व्यवस्थापन हो ।

संस्थाले हाल देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको छ । जसमा ५ सय ३ जना व्यक्तिहरुले सेवा पाईरहेका छन् । काठमाडौं पशुपति क्षेत्र, भक्तपुर झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ र दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । हाल सेवा घर भक्तपुर शाखामा ४२ जना बेवारिसे सडक मानिस बसिरहेका छन् ।

जसमा ६ महिनाको बालिकादेखि ९० बर्षसम्मको वृद्धहरु हुनुहुन्छ, संस्थाकी अध्यक्ष तथा महायज्ञकी कथा वाचिका अध्यक्ष सुमी मानवले भनिन् । जसमा १ जना बालिका र २ जना बालकहरु गरी ३ जना छन् । यसैगरी १९ जना पुरुष र २० जना महिला रहेका छन् । उनीहरु मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त, अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त रहेका छन् ।
नेपाली मात्रले गरेको मुठिदानबाट मात्र संचालन भैरहेको र सेवा घरको दिगो व्यवस्थापनकोलागि आर्थिक स्रोत जुटाउन र भवन निर्माण गर्न आवश्यक भएको हुँदा यस ज्ञान–विज्ञान महायज्ञको परिकल्पना गरिएको, वाचिका सुमि मानवको भनाई रहेको छ ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न