
नारायण थापा
जन आवाज न्युज/ चैत्र २० । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६७२ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ ।
बुधबार ग्वार्को- लामाटारमा आयोजना गरिएको वृहत सरसरफाई कार्यक्रममा १ सय ७० जना भन्दा बढी मण्डलीका सदस्यहरुको सहभागीता रहेको थियो ।

सडक सरसफाइ करिब १.५ किलोमिटर फुटपाथ र सडकको दायाँ बायाँको क्षेत्रहरु सरसफाई गरिएको थियो ।
कार्यक्रममा करिब ५ हजार किलो बराबार ठूलो टिप्परको एक टिप्पर फोहोर संकलन भएको मण्डलीले जानकारी गरएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष छिरिङ लामा, वडा सदस्य दाताराम कार्की, शान्ति विसुन्के मिजारको समेत उपस्थिति थियो । यसैगरी महालक्ष्मी नगरपालिका नगर प्रहरी गंगा बहादुर खड्का, प्रहरी प्रभाग इमाडोलका हवल्दार जित बहादुर तामाङ, समाजसेवीहरु, सिर्जनशीप सेवा प्रा. लि. र फुलबारी सेवा प्रा. लि.का प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।
देशभरिका सहरको वातावरण सफा बनाउँदै आएको परमेश्वरको मण्डलीले बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।
यो अभियानचाहिँ परमेश्वरको मण्डलीले सञ्चालन गर्ने
‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्ज ‘संकटग्रस्त विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू [SDGs] अनुरूप जारी हुन्छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी तथा भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा विधामा आयोजना गरिन्छ ।
१७५ वटा देशका ७,८०० ठाउँहरूमा ३७ लाख सदस्यहरू आबद्ध परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिकबसहयोग जस्ता ३०,००० वटा स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ । यसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढीबअवार्डहरू प्राप्त गरिसकेको छ । गत जनवरी महिनामा पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्ड प्रदान गरेका थिए ।
नेपालमा पनि वातावरण संरक्षण मात्र नभएर रक्तदान अभियान, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण र विद्यालयमा पाठ्यसामग्री सहयोग जस्ता अनवरत मानव कल्याण गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट मण्डलीले
प्रशंसा-पत्र, कदर-पत्र इत्यादि प्राप्त गरेको छ ।
मण्डलीले गत महिना संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस(फेब्रुअरी २०)को सम्झनामा “‘Hold Hope! अभियान गर्दै काठमाडौंको टोखा नगरपालिकालाई १६ घरपरिवारका लागि खाद्यान्न सामग्री अनुदान गऱ्यो । यो अभियानको उद्देश्य विश्वभरका सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू अनुदान गर्नु हो, जसले गर्दा प्रत्येक देशका आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई गरिबी निवारण गर्न र सामुदायिक मूल्यमान्यताहरू जगाउन मद्दत मिल्नेछ । यो अभियान भारत, युक्रेन, भेनेजुएला, इथियोपिया, हाइटी र म्यानमार लगायत लगभग ३० देशहरूमा आयोजना गरिएको थियो ।





-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351276










