लोबुचे हिमालमा सशस्त्र प्रहरीको झन्डा फहराउन जंगम सफल | Jana Aawaj News

लोबुचे हिमालमा सशस्त्र प्रहरीको झन्डा फहराउन जंगम सफल

पढ्न लाग्ने समयः < 1 मिनेट
लोबुचे हिमालमा सशस्त्र प्रहरीको झन्डा फहराउन जंगम सफल : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा आइतबार सशस्त्र प्रहरीको झन्डा फहराउन सफल भएका छन् ।

उनले आइतबार बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । उनी लोबुचे हिमालबाट बिहान १२ बजे ओर्लिएको बताएका छन् । आरोहणका लागि ७ जना विदेशी र उनी १ जना नेपाली सहित ८ जना लोबुचे आरोहणमा जाने क्रममा १ जना विदेशी अस्वस्थ्थ भएकाले उनलाई लोबुचे क्याम्पबाट नै रस्क्यु गरिएको र ७ जनाले लोबुचे हिमाल सफलता पूर्वक आरोहण गरेको बताएका छन् । यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेको जन आवाज न्युजलाई जानकारी गराएका छन् ।

पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको बताइएको छ ।

यसैगरी मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन भइरहेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न