
काठमाडौं । विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ ।
कार्यक्रममा बोल्दैं श्रेष्ठले बालबालिकाका लागि १ करोड खोप सुनिश्चित गरिएको बताउँदै करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको बताउनुभएको छ ।
१ करोेड ७७ लाख खोप ल्याएको बताउँदै दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाउने बताउनुभयो । सरकारले दैनिक ३ लाख जनतालाई खोप लगाउने काम गरिरहेकोमा वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको समेत अवगत गराउनुभयो ।
१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन १४ वटा हिमाली जिल्लामा अभियान नै सुरु गरेसँगैं बालबालिकाहरुका लागि समे पनि १ करोड खोपको सुनिश्चित गरिएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले मुटु रोग तथा क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्न सरकारी अस्पतालहरूको सुधार गर्नुपर्ने बताउँदै यसमा सरकार स्वंय लागेको बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295921



