चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप | Jana Aawaj News

चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप

मण्डेकाजी र मुकुन्द भोलि जर्मनी जाँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप : Jana Aawaj News

काठमाडौं । चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जन बिहीबार जर्मनीको चिम्निज जाने भएका छन् ।

पुरुष एकल तर्फ काता मण्डे तथा ७५ केजीमुनि मुकुन्दले प्रतिस्पर्धा गर्ने भएका छन् भने, दुवै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता रहि सकेका छन् ।

उक्त सागमा मण्डेले दोहोरो स्वर्ण तथा मुकुन्दले कास्य जित्न सफल भएका थिए । चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप अक्टोबर २ मा हुने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले एक कार्यक्रमबीच बिदाइ समेत गर्नुभएको छ ।

 

+ posts