चन्द्रगिरीमा रहेको महालक्ष्मी आधारभूत विद्यालयमा WeLoveU Foundation द्वारा स्वच्छता कार्यक्रम सम्पन्न | Jana Aawaj News

चन्द्रगिरीमा रहेको महालक्ष्मी आधारभूत विद्यालयमा WeLoveU Foundation द्वारा स्वच्छता कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
चन्द्रगिरीमा रहेको महालक्ष्मी आधारभूत विद्यालयमा WeLoveU Foundation द्वारा स्वच्छता कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर । “स्वस्थ शरीरका लागि स्वच्छ बानी,” भन्ने नारालाई आत्मसात गर्दै अनि “आमाको प्रेम सारा संसारमा” भन्ने मुल नारा सहित WeLoveU Foundation द्वारा चन्द्रगिरि-८ स्थित महालक्ष्मी आधारभूत विद्यालयमा बिहीवार एक विशेष स्वच्छता कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका कक्षा १ देखि ८ सम्मका करिब २०० विद्यार्थीहरू र सम्पूर्ण शिक्षक वर्गलाई लक्षित गर्दै संचालन गरिएको कार्यक्रममा रुमाल, साबुन, नेलकटरजस्ता अत्यावश्यक सरसफाइ सामग्री वितरण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरू निकै उत्साहित देखिन्थे।

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक श्रीमती अन्जना सुवेदीको अध्यक्षता तथा WeLoveU Foundation नेपालका अध्यक्ष श्री किशोर साम्सोहाङको समन्वयमा सम्पन्न भएको हो।

केवल वितरण मात्र होइन, विद्यालयको शौचालय परिसरमा liquid hand wash सहितको dispenser पनि जडान गरिएको छ, जसले विद्यार्थीहरूलाई सरसफाइको व्यवहारिक अभ्यासमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै शिक्षक शिक्षिकाहरुले यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको र विद्यार्थीको जीवनशैली सुधारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । “शिक्षा मात्र पर्याप्त छैन, स्वच्छ बानी र व्यवहार पनि आवश्यक छ,” भन्दै foundation प्रती हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

विद्यार्थीहरू सामग्री पाउँदा खुशीले उज्यालो अनुहार बनाउँदै “हामी नियमित हात धुन्छौं अब,” भन्दै प्रतिवद्धता व्यक्त गरिरहेका थिए।

उक्त कार्यक्रम सफल रूपमा सम्पन्न हुनुको सम्पूर्ण श्रेय WeLoveU Foundation की अध्यक्ष आदरणीय जाङ गिलजाज्युलाई जान्छ। उहाँको नेतृत्व र मार्गदर्शनबिना यस्तो कार्यक्रम सम्भव हुने थिएन। उहाँले न केवल सहयोग गर्नुभयो, कार्यक्रमको तयारीदेखि सम्पन्नतासम्म प्रत्येक पक्षमा सक्रिय भूमिका खेल्नुभयो।

विद्यालय, शिक्षकगण, विद्यार्थी तथा अभिभावकहरूको तर्फबाट उहाँप्रति हार्दिक आभार प्रकट गरिएको छ।

+ posts