मानसिक स्वास्थ्य प्रबर्द्धन सम्बन्धि गैर सरकारी संघसंस्थाहरूसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

मानसिक स्वास्थ्य प्रबर्द्धन सम्बन्धि गैर सरकारी संघसंस्थाहरूसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
मानसिक स्वास्थ्य प्रबर्द्धन सम्बन्धि गैर सरकारी संघसंस्थाहरूसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर, असार ३० गते । मानसिक स्वास्थ्य प्रबर्द्धन सम्बन्धि गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरूसंग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जनस्वास्थ्य भक्तपुरको आयोजना तथा गैसस भक्तपुरको समन्वयमा भक्तपुरको जुद्ध वारूद यन्त्रको हलमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहजकर्ता डा. किशोर अधिकारीले मानसिक स्वास्थ्य, परिवार र समुदाय विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो।

जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैसस भक्तपुरका अध्यक्ष अनिता पाण्डे, गैसस केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पहलमान श्रेष्ठ, जुद्ध वारूद यन्त्र भक्तपुरका प्रमुख विजय प्रसाद धौभडेल, गैसस भक्तपुरका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

+ posts