आजदेखि शुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै | Jana Aawaj News

आजदेखि शुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आजदेखि शुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै : Jana Aawaj News

काठमाडौं । आजदेखि शुरु हुने साफ च्याम्पिएनसीपको पहिलो खेलमा नेपाल र माल्दिभ्स आज भिड्ने भएका छन् । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुने भएको छ ।

आजको सो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगितामा पहिलो दिन दुई खेल हुने भएका छन् । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने बताइएको छ ।

यस्तै पहिलो खेल श्रीलंका र बंगलादेश दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल हुने भएको छ । साफको यो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेको छ भने, यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल यो लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

+ posts