विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ | Jana Aawaj News

विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ

पढ्न लाग्ने समयः < 1 मिनेट
विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ : Jana Aawaj News

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताउनुभयो ।
काठमाडौँमा गुरुङ स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो ।

अहिले सरकार स्थीर छ, त्यसैले स-साना नीजि क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँले राख्नुभयो । कार्यक्रममा स्वाबलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेकोछ ।

सञ्चार मन्त्री गुरुङले २ लाख रुपैयाँको उक्त पुरस्कार संस्थालाई प्रदान गर्नुभयो । त्यस्तै, २ लाख रुपैया राशीको शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएकोछ । स्वालम्बन विकास केन्द्रले प्रदान गर्ने अर्को उत्कृष्ट लघु उद्यमी सदस्य पुरकार उद्यमी, विमला थारु, जमुना घिमिरे र आशा बुढामगरले प्राप्त गर्नुभएकोछ । उहाँहरुको पुरस्कार राशी ५०/५० हजार रुपैया प्रदान गरिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न