आर्थिक सुशासनका लागि लेखा परीक्षण र बेरुजु फछ्र्यौटसम्बन्धी छलफल सम्पन्न | Jana Aawaj News

आर्थिक सुशासनका लागि लेखा परीक्षण र बेरुजु फछ्र्यौटसम्बन्धी छलफल सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
आर्थिक सुशासनका लागि लेखा परीक्षण र बेरुजु फछ्र्यौटसम्बन्धी छलफल सम्पन्न : Jana Aawaj News

भक्तपुर । बुधबार महालेखापरीक्षक तोयम रायाको अध्यक्षतामा उपत्यकाका स्थानीय तहसँग आर्थिक सुशासनका लागि लेखा परीक्षण र बेरुजु फछ्र्यौटसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै महालेखापरीक्षक रायाले महालेखापरीक्षकले पहाडका ४१ जिल्लामा लेखापरीक्षण सम्पन्न गरिसकेको र हाल ३६ जिल्लामा सुरु गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले स्थानीय तहको बेरुजु फछ्र्यौटबारे स्पष्ट कानुन नहुँदा काम गर्न समस्या भएको बताउनुभयो ।
समयमा आवश्यक ऐन कानुनहरू निर्माण नहुँदा महालेखालाई काम गर्न समस्या भएको बताउँदै उहाँले आर्थिक अनुशासन र पारदर्शिता लेखापरीक्षणका महत्वपूर्ण आधारहरू भएको बताउनुभयो ।
स्थानीय तहमा बेरुजु सम्परीक्षण गर्ने कानुनी संयन्त्र नहरहेकाले बेरुजु वृद्धि भएको बताउँदै महालेखापरीक्षक रायाले भन्नुभयो, ‘स्थानीय तहको बेरुजु फछ्यौट कसरी गर्ने भन्ने विषयमा संविधान र कानुनमा कुनै स्पष्ट व्यवस्था गरिएको छैन ।’
छलफल कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार ठेक्कामा गर्न नहुने कानुनी प्रावधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ठेकेदारहरूलाई सांस्कृतिक र ऐतिहासिक महत्वबारे थाहा नहुने बताउँदै उहाँले सम्पदा पुनःनिर्माण र जिर्णोद्धारको हकमा उपभोक्ता समितिबाट गर्ने काममा रकम वृद्धि गरी ५ करोडसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
लेखा परीक्षणको कार्य छिटो भए नगरपालिकालाई सहज हुने बताउँदै उहाँले फछ्र्यौट हुन बाँकी पुराना बेरुजुलाई निश्चित समय दिएर भए पनि फछ्र्योट गर्ने व्यवस्था भए बेरुजु निकै कम र लेखा प्रमुख तथा सहायकहरूलाई लेखासम्बन्धी नयाँ नयाँ प्रविधिबारे तालिमहरू दिनुपर्ने बताउनुभयो ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले संघ सरकारको सहयोगविना नै स्थानीय जनताको श्रमदान र आर्थिक सहयोगमा ललितपुरका महत्वपूर्ण सम्पदा पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो ।
विपद्को लागि सबै स्थानीय तहहरूले आकस्मिक योजना बनाइ जनतालाई सहज सेवा दिनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले सम्पदा पुनःनिर्माणमा टेण्डर नगर्ने नीति आवश्यक भएको बताउनुभयो ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नपाका प्रमुख दिपककुमार रिसाल, चन्द्रागिरी नपाका प्रमुख घनश्याम गिरी, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी र सूर्यविनायक नपाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले पनि स्थानीय तहका बे?जु र लेखा परीक्षणबारे आआफ्नो धारणा राख्नुभएको थियो ।
काठमाडौं उपत्यकाका १८ वटा नगरका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई बैठकमा आमन्त्रित गरिएको थियो ।
कार्यक्रममा उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीले आ.व. २०८०।८१ को लेखा परीक्षणम्बन्धी प्रस्तुतीकरण दिँदै लेखा परीक्षणको संवैधानिक व्यवस्था र उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो भने उक्त कार्यक्रममा नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले कार्यक्रमको विषयवस्तुमाथि प्रष्ट पार्नुभएको थियो ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न