
भक्तपुर । बागमती प्रदेश सभाका माननीय सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सभासद् सुरेन्द्रराज गोसाइँलगायतले पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमास्वागत गर्नुभएको छ ।
नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका माननीय सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गराउनुभयो ।

भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गर्नुभएको थियो ।

प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो । भ्रमणको क्रममा प्रतिनिधिमण्डल टोलीले भक्तपुर नपाले व्यवस्था गरेको सांस्कृतिक नाचहरु माक प्याखं, कवांचा प्याखं र जंगली प्याखंको रुचिपूर्वक अवलकेन गर्नुभएको थियो ।

स्पेनिस प्रतिनिधिमण्डलमा स्पेनका प्रदेशमन्त्री, मेयर, पत्रकार, व्यापारीहरुलगायत सहभागी थिए ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295878
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


