किशोरीमाथि बलात्कारको आरोपमा भक्तपुरबाट एक पक्राउ | Jana Aawaj News

किशोरीमाथि बलात्कारको आरोपमा भक्तपुरबाट एक पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
किशोरीमाथि बलात्कारको आरोपमा भक्तपुरबाट एक पक्राउ : Jana Aawaj News

काठमाडौँ । भक्तपुरबाट १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । ती किशोरीलाई सूर्यविनायक नगरपालिका वडा नं.१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले बलात्कार गरेको भन्ने खबर प्रहरीले पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

+ posts