काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मीले विजयी भएको छ । आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गर्न सफल भएको हो ।
आजको खेलका पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाउन सफल रह्यो भने, आर्मीका कप्तान विनोद भण्डारीले नकआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाएका थिए । यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्लले २१ रन बनाएर आउट भएका थिए ।
यसैगरी कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक एक विकेट लिन सफल भए । जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो । कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोडका थिए ।
आइतबारको खेलमा आर्मीले तालिकामा १० अंक बनाउदै तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझै २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना केहि देखिएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 296048