काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ क’ को मतगणनामा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भएको बताइएको छ ।
शनिवार भएको उपचुनावमा त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । अन्तिम चरणमा पुगेको मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार मत कटाएका छन् भने, नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार मत कटाएका छन्

यसैगरी इलाम २ मा २४ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार ४ सय १९ मत प्राप्त गरिसकेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुहाङले १० हजार ४ सय १९ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन् भने, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ७ सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् । सूर्य ३,३५७ मतले अगाडि रहेका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351535