भक्तपुर अस्पतालमा बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु | Jana Aawaj News

भक्तपुर अस्पतालमा बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुर अस्पतालमा बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु : Jana Aawaj News

जन आवाज संवाददाता

भक्तपुर । भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अन्क ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पताले बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु गरेको छ ।

भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अन्क ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पताले

भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बिहिवारदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिनुभएको छ ।

भक्तपुर अस्पतालकि निर्देशक डा.सुमित्रा गौतम ।

उहाले भन्नुभयो, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन भने, कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।” आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिदै उहाँले अस्पतालले बोहिवारदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताउनुभयो । भक्तपुर अस्पतालको नयाँ भवन बिस्तार भएसंगै बिरामीलाई थप सेवा र सुबिधाको राहत भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
4 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न