प्रहरीद्धारा लाठी चार्ज र अश्रुग्याँस प्रहार | Jana Aawaj News

प्रहरीद्धारा लाठी चार्ज र अश्रुग्याँस प्रहार

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रहरीद्धारा लाठी चार्ज र अश्रुग्याँस प्रहार : Jana Aawaj News

भक्तपुर । बिहिबार भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएपछि गठ्ठाघरको अवस्था पुरै तनावग्रस्त भएको छ ।

प्रहरीले प्रदर्शनकारी माथि लाठिचार्ज गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको छ । ट्राफिक प्रहरीले पुरानो बाटो थिमि रुटमा सवारी साधन ड्राइभर्ट गरेको छ । अहिले सो क्षेत्रमा सवारी साधन अस्तव्यस्त बनेको छ ।

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो ।
ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन् । दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताउनुभयो ।

भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन पनि फर्काइएको छ । सडक रगताम्य छ। अहिले त्यहाँ जम्मा भएको भीडले प्रहरीको विरोध गरिरहेको छ । यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

दुर्घटना स्थलमा तनावग्रस्त भएतापनि शव भने झिकिएको छ ।

 

+ posts