सबै वडामा निःशुल्क रेविज विरुद्ध खोप | Jana Aawaj News

सबै वडामा निःशुल्क रेविज विरुद्ध खोप

पढ्न लाग्ने समयः < 1 मिनेट
सबै वडामा निःशुल्क रेविज विरुद्ध खोप : Jana Aawaj News

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकाले सूचना सार्वजनिक गरी सबै वडामा रेविज विरुद्धको खोप सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोमा निःशुल्क रुपमा रेबिज विरुद्धको खोप सञ्चालन हुने भएकाले आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन सबै वडाबासीलाई गाउँपालिकाले आग्रह गरेको छ ।

खोप कार्यक्रम गाउँपालिकाले विभिन्न वडामा गरी असोज ११ गतेदेखि १४ गतेसम्म सञ्चालन गर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न