
रमेश गिरी
भक्तपुर, २२ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्व सरकारले राम्रा काम गरेपनि एमाले पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ ।

नेकपा (एमाले) वागमति प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा बोल्दै उहाँले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताउनु भएको हो ।
समाजिक सञ्जालमा गलत सूचनाका बाढी आएको बताउदै उहाँले एमाले र सरकारको नेतृत्वमाथि नाङ्गो हिसाबले आमसञ्चार माध्यमको दुरुपयोग गरिरहेको उहाँले बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, “अहिले समाजिक सञ्जालको दुरुपयोग गरि एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानु पर्छ ।”
मूलकको सम्बृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा शुसासन व्याबस्था गर्न सरकार लागिरहेको बताउदै उहाँले नेपालमा पञ्चायतका तुलनामा नेपालीको प्रतिव्यक्ति आय, देशको पूर्वाधारमा भएको विकास, सडक सञ्जाल, स्वास्थ्य र शिक्षामा भएको विकास, रोजगारीमा भएको प्रगतिलाई देखाएर सामाजिक सञ्जालबाटै प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
एक वर्ष भित्र नेपाललाई विकासशिल राष्ट्रमा प्रवेश गर्ने १० वटा मूलकहरु मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताउदै उहाँले सिंगो पञ्चालत कालमा हुन नसकेको विकास नेपालमा प्रजातन्त्र आएपछि र देश गणतन्त्रमा गएपछि भएको बताउनुभयो ।
गणतन्त्रले के दियो भन्नेहरुलाई तथ्यमा आधारित भएर प्रतिवाद गर्नु पर्ने बताउदै एमाले सरकारमा आएपछि भएको विकास र परिवर्तनलाई सामाजक सञ्जालमार्फत नै प्रचार गर्नसक्नु पर्ने उहाँको भनाई थियो ।
सामाजिक सञ्जालमा कस्ता मानिसले पार्टी र सरकार माथि गलत प्रचार गरिहेका छन्, कसले कन्टेन्ट सृजना गरेर प्रहार गरिरहेको छ, कस्ता शक्तिहरु एमालेका बिरुद्ध केन्द्रीत रहेका छन् भन्ने बुझ्नु पर्ने औल्याउनुभयो ।
सचिव पोखरेलले भन्नुभयो, “लोकतन्त्र र गणतन्त्रकै पक्षमा एमाले उभिएकै कारण राजावादी शक्तिहरु, पूर्वपञ्च र मण्डलेहरु एमालेको बिरोधमा उत्रिएका छन् । नेकपा माओवादी, समाजवादी, रास्वपा समेत सरकार र पार्टी बिरुद्ध लागिरहेको छ । त्यसलाई चिरेर जानुपर्छ ।”
परिवर्तनको उदेश्य बोकेको पार्टी यस्ता आक्रमणबाट एमाले विचलित नहुने र गलत तत्वलाई चिर्दै देश र जनताको पक्षमा एमाले निरन्तर अगाडि बढिरहने उहाँले बताउनुभयो । सामाजिक सञ्जाललाई सूचनाको मार्गका रुपमा अगाडि लैजान उहाँले प्रचार विभागलाई उहाँले निर्देशन दिनुभयो । उहाँले मिसन ८४ सफल पार्न प्रचार प्रभावकारी पार्ने, प्रत्येक नागरिकको मन मुटुमा पुग्ने गरि एमालेका प्रभावकारी कामहरुलाई आमनागरिकमा लैजाने गरि प्रचारमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नागरिको सोचाई र धारणा अनुसार सूचना प्रबिधिमैत्री, एआई, समाजिक सञ्जाल, अनलाईन र मल्टी मिडियालाई प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य कुरालाई जनतामाझ लैजानु पर्ने बताउनुभयो । उहाँले सरकारको नेतृत्व र एमाले माथि भइरहेको घेराबन्दी र आक्रमणलाई सामाजिक सञ्जालबाटै प्रतिवाद गरेर सरकारले गरेको सम्बृद्धिका यात्रालाई जनता माझ लैजानु पर्ने बताउनुभयो ।
वागमति प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामालगायतले मिसन ०८४ सफल पार्न र पार्टी नेतृत्व तथा सरकारमाथि भएका गलत प्रचार बिरुद्ध सामाजिक सञ्जाल र समाचार मार्फत प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
दईदिने कार्यशालाको पहिलो दिन पार्टी नेता विष्णु रिजालले पार्टी प्रचार र प्रबिधि, नेता मातृका पौडेलले नेपाली मिडिया र एजेण्डा सेटिङ्ग, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले माक्सवाद र समाजवादबारे प्रशिक्षण दिनु हुनेछ । दोश्रो दिन भोली नता राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली, भक्तकुमारी लामाले प्रशिक्षण दिनुहुनेछ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351306










