देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड : पर्यटनमन्त्री पाण्डे (तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड : पर्यटनमन्त्री पाण्डे (तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 2 मिनेट
देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड : पर्यटनमन्त्री पाण्डे (तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरको सानोठिमि स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिम अभिमुखीकरण उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताउनुभएको छ । उहाँले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड समेत दिनुभयो ।
यसैगरी मन्त्री पाण्डेले भक्तपुरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गर्दै अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्ने समेत बताउनुभयो ।
योग र ध्यानले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै प्रत्येक व्यक्तिलाई योग आवश्यक रहेको बताउदै यो अभियानलाई अब नेपालबाट सुरु हुने बताउनुभयो ।


कार्यक्रममा भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने बताउदै मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताउनुभयो ।
उक्त योग प्रशिक्षणमा जिल्ला भरिका ७७ वटा विद्यालयका ७७ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको योग जिल्ला समन्वय समिति एवं कार्यक्रम संयोजक नवराज काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न