
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार विगत २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
देशभरमा २४ घण्टाको समयावधिमा ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १११३ जना कोनाबाट संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या मध्य पीसीआर विधिको परीक्षण ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ६४ हजार ८४७ जना निको भएको बताइएको छ भने, निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको जानकारी गराएको छ ।
देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित छन् भने, संक्रमितहरु मध्ये ९९ जना भेन्टिलेटरमा, ३४५ जना आईसीयूमा रहेको मन्त्रालयले जानकारी गराएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295838



