निःशुल्क सेवा प्रदान गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर | Jana Aawaj News

निःशुल्क सेवा प्रदान गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर

(भिडियो सहित)

पढ्न लाग्ने समयः 2 मिनेट
निःशुल्क सेवा प्रदान गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर ।भक्तपुरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारले स्थापना गरेको यो केन्द्रबाट दैनिक रूपमा बढ्दो संख्यामा सर्वसाधारणले सेवा लिइरहेकाबिहिबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले जानकारी गराएको हो।

हाल निजी अस्पतालहरूले आधुनिक सेवाको नाममा महँगो शुल्क लिइरहेका बेला सरकारी अस्पतालहरूमा सेवाग्राहीको अत्यधिक चापले गुणस्तरीय सेवा नपाइने गुनासोहरू बढ्दो छन्। अर्कोतर्फ नेपालमा औषधि उत्पादन कम र आयातमा निर्भरता बढी भएकाले समेत उपचार सेवा महँगिएको बताइन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरले सेवा सुरु गरेको तीन वर्षभित्र उल्लेखनीय प्रगति गरेको विषयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रले आफ्नो तिन वर्षे कार्य प्रगति सार्वजनिक गर्दै सञ्चारकर्मीहरूसँग अन्तरक्रियासंवाद कार्यक्रम गरेको छ ।

कार्यक्रममा केन्द्रका प्रमुख डा. नदन कँडेलले आयुर्वेद चिकित्सा पद्धति स्वास्थ्यका लागि सुरक्षित, प्राकृतिक र साइड इफेक्ट रहित भएकाले जनताको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार, “केन्द्रमा उपचार गर्न आउने बिरामीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ, जसमा सञ्चार माध्यमबाट प्रवाहित सकारात्मक सूचनाले पनि ठूलो भूमिका खेलेको बताउनुभयो।“

यसैगरी उहाँले जानकारी दिएअनुसार, केन्द्रमा दर्ता शुल्कदेखि उपचार, परीक्षण तथा झण्डै २३ प्रकारका आयुर्वेद औषधिसमेत निःशुल्क रूपमा उपलब्ध गराइदै आएको छ। साथै, सस्तो दरमा औषधि उपलब्ध गराउने उद्देश्यले सञ्चालित औषधि विक्री केन्द्रमार्फत १० प्रतिशत छुटमा औषधि वितरण समेत गरिने केन्द्रले बताएको छ। डा. कँडेलका अनुसार, “यद्यपि आयुर्वेद औषधि अन्य केमिकलयुक्त औषधिको तुलनामा केही महँगो पर्न सक्छ, तर दीर्घकालीन रुपमा हेर्दा सुरक्षित, प्राकृतिक र जीवनशैली मैत्री उपचार प्रणाली भएकाले यसको माग बढ्दै गइरहेको जानकार दिनुभयो।“

उक्त केन्द्रको मुख्य कार्यालय भक्तपुरको कमलविनायकमा रहेको छ, भने हाल भक्तपुर जिल्लाका चारवटै पालिकासँग समन्वय गर्दै आयुर्वेद सेवा विस्तार गरिंदै आएको र आगामी दिनमा केन्द्रलाई १६ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य समेत लिएको केन्द्रले जानकारी गराएको छ ।

भिडियो सहित हेर्नुहोस् :

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x