काठमाडौं । फिलिपिन्समा कालमेगी आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार बिहिन भएका छन्। १३ जना अझै बेपत्ता रहेको बताइएको छ। कालमेगी आँधीले गर्दा ठूलो क्षेत्र डुबानमा परेको बताइएको छ।
सेबुको घना जनसंख्या भएको मध्य टापुमा सबैभन्दा ठूलो बाढी आएको बताइएको छ। उक्त ठाउँमा मृत्यु हुनेको संख्या पनि बढी रहेको छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर समेत दुर्घटना भएको छ। हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको बताइएको छ। हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएको हो,भने फिलिपिन्समा प्रत्येक वर्ष औसत २० पटकसम्म आँधी आउने बताइएको छ । एक महिनाअघि आएको आँधीले पनि धेरैको ज्यान लिएको विभिन्न संचार माध्यमले जानकारी दिएको थियो।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 295994