फिलिपिन्समा आएको भीषण आँधीका कारण ९ जनाको मृत्यु, ११ बेपत्ता | Jana Aawaj News

फिलिपिन्समा आएको भीषण आँधीका कारण ९ जनाको मृत्यु, ११ बेपत्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
फिलिपिन्समा आएको भीषण आँधीका कारण ९ जनाको मृत्यु, ११ बेपत्ता : Jana Aawaj News

एजेन्सी । फिलिपिन्समा आएको भीषण आँधीका कारण बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ, भने ११ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार उष्ण तटीय आँधी कोम्पासुका कारण आएको उक्त आँधीमा मृतकहरुमा उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा रहेको बताइएको छ ।

सो आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो गएको छ जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका बताइएको छ । आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । फिलिपिन्स वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाए अनुसार स्थानीय समय बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागमा कागायन प्रान्तको ३१५ किलोमिटर पश्चिममा देखिएको बताइएको छ ।

उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टाको गतिमा चलिरहेकोले उत्तरी फिलिपिन्समा पहिरो र बाढी आउँन सक्ने चेतावनी समेत दिइएको छ ।

+ posts