
काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ र १० साविक लामाटार गाविसमा नेकपा माओवादी केन्द्रमा रहेका १७५ भन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । लामाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालको नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ती नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा विगतमा ठुलो जनधनको क्षति व्यहोरेर जनयुद्ध गरी सत्ताको केन्द्रमा पुगेको माओवादी केन्द्रका नेताहरु पछिल्लो समय सत्ता र स्वार्थमा केन्द्रित हुँदै तल्लो वर्गका जनताको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिएकोले अब उक्त पार्टीको औचित्यता सकिएको एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताले बताएका छन्
एमालेमा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको जिल्ला सदस्य रामप्रसाद तिमल्सिना, वाइसियलको नगर इन्चार्ज र विगतको स्थानीय निर्वाचनमा महालक्ष्मी ९ को वडाध्यक्षको उम्मेदवार रहेका मोहनकृष्ण तण्डुकार, वीरमान तामाङ, सुरेश पोखरेल, हरिकृष्ण थापा लगायतका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
ललितपुर लामाटारका पूर्व गाविस अध्यक्ष समेत रहेका एमालेका बाग्मती प्रदेश कमिटी सदस्य चिरञ्जीवि आचार्यको समन्वयमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295874
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


