
भक्तपुर । राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडक यतिखेर कालो चिल्लो देखिन्छ । ४० वर्ष अगाडि खुलेको सडक एक वर्ष अगाडिसम्म हिडडुल गर्न पनि यहाँका बासिन्दालाई मुश्किल थियो ।

आजभोलि नगरपालिकको विकास निर्माणको बारेमा भएको प्रगतिबारे जानकारी दिन भेटिएका स्थानीयवासीले वर्षाको समयमा पनि चिल्लो सडकमा हिड्न र गुड्न पाउँदा मख्ख परेको सुनाएका हुन् । यहाँका बासिन्दालाई शहर जानु परे, आफ्ना खेतबारीमा उत्पादन भएका कृषि उत्पादनदेखि दूध बिक्रीका लागि जानु पर्दा बस भेट्टाउन कि त चाँगुनारायण नगरपालिका‐९ ताथली पुग्नु पथ्र्यो कि त काँभ्रेको साँगा पुग्नु पथ्र्यो । स्थानीय खड्का गाउँका ७० वर्र्षीय गोपाल खड्का भन्नुहुन्छ, “म जन्मेदेखि यो बाटो गोरेटो थियो, पछि सडक फराकिलो बन्यो तर हिलाम्मे सडकमा सवारी साधन गुड्न त परै जाओस वर्षामा पैदल हिड्न पनि मुश्किल थियो, यी अहिले त कालो चिल्लो सडकमा हिड्न पाएका छौँ, भाग्यमानी ठानेका छौँ ।”

स्थानीय नविनकुमार खड्का २०६३ मा ट्रयाक खेलेको यो सडकले यतिखेर कालोपत्र भएर पूर्णता पाउँदा यहाँका बासिन्दाले गाउँमै सरकार आएको अनुभूति गरेको सुनाउँछन् । सडक कालोपत्र भएसंगै यहाँका ३५०० बासिन्दाको मुहारमा खुसी आएको बताउनुभयो ।
स्थानीय सुमन कार्कीले अहिले गाउँमा उत्पादन भएका तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको बताउँदै काठमाडौंबाट तरकारी लिन गाउँमै गाडी आउन थालेपछि यहाँको मुहारनै फेरिएको बताउँछन् । यस क्षेत्रमा सामना सार्वजनिक यातायाताको साधन चल्न सके सुनमा सुगन्ध हुने भन्दै उनले यसका लागि नगर प्रमुख बासुदेव थापासंग माग राखेको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका शहरी पूर्वाधार बिकास शाखाका प्रमुख एवं इन्जिनियर जनक न्यौपानेले काभ्रे साँगाबाट प्रवेश गरेसंगै सुरु हुने सूर्यविनायक नगरपालिका‐१० भंगाल हुदै खड्का गाउँ सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडकको कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न गरेको बताउनुभयो ।

सुख्खा मौषममा समेत आउजाउ गर्न गाह्रो हुने र एम्बुलेन्स समेत आउँन नसक्ने यो सडकमा गतवर्ष एक करोड २४ लाखको लागतमा दुई वटा पुल निर्माण गरेको बताउदै यसवर्ष कालोपत्र गर्ने कार्य सम्पन्न गरेको बताउनुभयो । उहाँले संघीय सरकारको विशेष बजेट र नगरपालिकाको बजेटलाई मिसलाएर कूल तीन करोडको लागतमा ६ मटिर चौडा ३ दशमलव ५ किलोमिटर सडकलाई कालो पत्र र उकालोमा ढलान गरेर पक्कि बनाएको बताउनुभयो । दुर्गम भनिएको यो क्षेत्र ग्रामिण रिङरोड बनेसंगै सुगम बनेपनि खानेपानीको अभाव हटाउन गरपालिकाले ६० लाखको लागतमा घरघरमा धारो वितरणको बन्दोबस्त गरिएको बताउनुभयो । अनुगमनमा वडा नं १० का वडाध्यक्ष शिवराम राउतले ४० वर्ष अगाडि ट्रयाक खुलेको सडकमा एक टिप ग्राइबेल समेत नगरेको अबस्थामा नगरपालिकाले कालोपत्र गर्न सफल भएको बताउनुभयो ।
वडाले यस वडामा ६० प्रतिशत सडक, खानेपानी तथा पूर्वाधारको काम सम्पन्न गरेको र बाँकी ४० प्रतिशत पनि तीन वर्ष भित्र पुरा गरेर दुर्गम क्षेत्रलाई पूर्ण रुपमा सुगममा परिणत गर्ने बताउनुभयो । यस क्षेत्रमा खानेपानीको अभाव हटाउन बृहत भंगाल खानेपानी आयोजना भेतासी खानेपानी आयोजना गरि दुई वटा खानेपानी आयोजना सञ्चालन गरेको बताउदै खानेपानीको श्रोत नहुदा लिफ्टिङ खानेपानी आयोजना सुरु
गर्न लागेको बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि चार वटा विद्यालय भवन, स्वास्थ्य चोकी भवन, सामुदायिक भवन बनाएको वडा कार्यालयले एक करोडको नगरको लागतमा राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गरेको बताउनुभयो । यही मन्दिरमा बृन्दावन बनाउन महायज्ञ लगाएर एक करोड संकलन गरेको बताउनुभयो । वडा कार्यालय पछाडि ५० रोपनी जग्गामा उपत्यकाकै पहिलो नमूना चिया बगान निर्माण गर्न लागेको बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344419












