
एजेन्सी । अफगान सरकारले संयुक्त राज्य अमेरिकालाई पाइलटविहीन ड्रोन गस्ती अफगानको आकाशमा नउडाउन आग्रह गरेको छ ।
अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उलङ्घन गरेको अधिकारीहरूले बताएका हुन् । अन्र्तरराष्ट्रिय कानुन अन्तर्गत सबै देशहरू आफ्नो राज्यको क्षेत्रीय तथा वायु सार्वभौमिकताको एक मात्र मालिक भएको कुरामा जोड इिएको छ ।

संयुक्त राज्य अमेरिका लगाएत कुनै पनि अन्तर्राष्ट्रिय समुदाय विशेष गरीे अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ ।
अधिकारीहरुका अनुसार अफगानिस्तानको एकमात्र कानुनी संस्थाको रूपमा अफगानिस्तानको इस्लामिक इमिरेट अफगानिस्तानको भूमि र हवाई क्षेत्रको संरक्षक होस तर संयुक्त राज्य अमेरिकाले हालै कतारको दोहामा इस्लामिक इमिरेटप्रति गरिएका सबै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राज्य अमेरिकाको प्रतिबद्धताको उलङ्घन गर्दै कारबाही गरेकोले यसलाई रोक्नुपर्ने अधिकारीहरुले बताएका छन् ।
यस्तै अफगानिस्तामा अमेरिकी नेतृत्वको पश्चिमी सैनिक गठबन्धन नाटोकोे सहयोगमा तालिवान समूहलाई विस्थापित गरी करिब २० बर्ष अफगान अधिकारीहरूलाई शान्ति स्थापनाका लागि सहयोग गरेको अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आइएस लडाकूहरूको गतिविधि सञ्चालन गर्नसक्ने कुरालाई ध्यानमा राख्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरूले सो करोको जानकारी गराएका हुन् । बख्तर न्यूज
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related















Total views : 348071










