
सिन्धुली । सिन्धली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. २ बितिजोरका नेपाली कंग्रेसका सचिव ईश्वर हमाल, मोहन कार्की र बसन्त मल्ल सहित पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमाले केन्द्रीय सदस्य एवं सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद गणेश कुमार पहाडीले सबैलाई पार्टी प्रवेश गराएका छन् । नेकपा एमाले गोलन्जोर गाउँपालिका २ बितिजोरको प्रथम वडा अधिवेशनमा हमाल र कार्कीको नेतृत्वमा सयौँको संख्यामा कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै ईश्वर हामलले कांग्रेसले अंगालेका कतिपय कुरा आफुलाई मन नपरेको र एमालेले देश बिकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले नै रोजेको बताउनुभयो । यसैगरी नेपाली कांग्रेसको राजनितिमा लामो समय शक्रिय रहेका ईशवर हमाल र मोहन कार्की लगाएतको समुहले गत भदौ १८ गते भएको कंग्रेस वडा अधिवेशनमा वडा अध्यक्ष दौलत कार्कीले एक्लैटी ढंगले सदस्यता विस्तार र अधिवेशन गरेको भन्दै बहिस्कार गरेको समेत बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295838



