एचआईडीसीएलको लाभांश घोषणा | Jana Aawaj News

एचआईडीसीएलको लाभांश घोषणा

पढ्न लाग्ने समयः < 1 मिनेट
एचआईडीसीएलको लाभांश घोषणा : Jana Aawaj News

काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएलले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ ।

यसैगरी कम्पनकोे चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

यस्तै कम्पनी सञ्चालक समितिको कार्तिक १५ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने बताइएको छ ।

+ posts