
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य विवाद समाधान भएको बताइएको छ । लामो समयदेखि रिले अनसनमा बस्दै आएका रौतहटका कार्यकर्ताले शीर्ष नेतृत्वले क्रियाशील सदस्य विवाद समाधान गर्ने बताएपछि उनीहरुले अनशन तोड्न लागेको कांग्रेसले जानकारी गराएको छ ।
मंसिर १० गते भने, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुनेछ भने, मंसिर ३ गते ६१ जिल्लामा प्रदेशसभा अधिवेशन र ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्र्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुने निर्वाचन समितिले जानकारी गराएको छ ।
नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १३ जिल्ला मध्य बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही धनुषा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा कार्तिक २७ गते वडा अधिवेशन हुने कांग्रेसले जानकारी गराएको छ ।
कांग्रेसको वडा अधिवेशन सकिएपछि उक्त जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने निर्वाचन समिति बताएको छ । यस्तै ३ हिमाली जिल्लाको दार्चुला, म्याग्दी सोलुखुम्बु र जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन र कात्तिक २७ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुने समेत बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295916



