काठमाडौँ । आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती’ विषयक छलफलका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरी क्षेत्रहरुमा यत्रतत्र रुपमा रहेका तारहरुलाई व्यवस्थित गर्नका लागि पोल भाडा बढाइने बताउनुभएको छ ।
कार्यक्रममा घिसिङले इन्टरनेट सेवा प्रदायक मार्फत यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड पुराएको बताउदै विद्युतीय पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको जानकारी गराउनुभएको हो ।

सो कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधिर पराजुलीले पोलको भाडा २०५ रुपैयाँ लिइदै आएकोमा एक्कासी अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपरेको बताउदै प्राधिकरणले नाफा कमाउने. उद्देश्यले पोल प्रयोगको भाडा बढाएको आरोप समेत लगाउनुभएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 348071