थप ९ सय ६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु | Jana Aawaj News

थप ९ सय ६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
थप ९ सय ६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जानकारी गराएको छ ।

हालसम्म देशभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मुलुकभर ७ लाख ७१ हजार ३३८ संक्रमित भने निको भएका छन् ।

आज १६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै निको हुनेमा १ हजार १ सय १४ संक्रमित उपचारपछि निको भएका छन् ।

आज कोरोना संक्रमणबाट ६ जनको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म ११ हजार १ सय ८० संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

+ posts