६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन | Jana Aawaj News

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

पढ्न लाग्ने समयः < 1 मिनेट
६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन : Jana Aawaj News

काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएको छ । वैशाख १६ देखि रोकिएको अनलाइन आवेदन सोमबारदेखि खुला गरिएको यातायात व्यवस्था विभागले जानकारी गराएको छ छ ।

दैनिक ५ हजार कोटामा अनलाइन आवेदन खुलाएको जानकारी दिदै आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागले जानकारी गराएको छ । देशभरबाट २१ कार्यालयको आआफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब पाँच हजार मात्र आवेदन संकलन गरिने जानकारी गराइएको छ ।

यसैगरी लाइसेन्सको लागि नयाँ आवेदन बन्द भए पनि ट्रायल परीक्षा भने सुचारु गरिदै आएको थियो । कोरोना महामारी अघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो भने, लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान रहेको विभागले जनाएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न