गुल्मीमा पहिरो जादाँ, एकै परिवारका तीनको मृत्यु | Jana Aawaj News

गुल्मीमा पहिरो जादाँ, एकै परिवारका तीनको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
गुल्मीमा पहिरो जादाँ, एकै परिवारका तीनको मृत्यु : Jana Aawaj News

काठमाडौं । गुल्मी रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा गएरातिको बर्षाको कारण पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । भारी वर्षाको कारण पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा एकै परिवारका तिन जना २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

राती करिब एक बजेको समयमा एक्कासी घरमाथिबाट पहिरो खसेपछि सुतिरहेका उनीहरुको पहिरोले पुरिएर मृत्यु भएको हो । नेपाली सेना र नेपाल प्रहरीले पुरिएकाहरुको शव निकालेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न